२०० रुपैयाँको खरिदमा १० लाखको बम्पर पुरस्कार


काठमाडौं । २०० रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

आन्तरिक राजस्व विभागले भदौ महिनाका ३१ दैनिक र दुई बम्पर गरी ३३ जना विजेताको नाम सार्वजनिक गरेको हो। कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान खरिद गर्ने ग्राहक र सुनिता फेन्सीबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकले जनही १० लाख रुपैयाँको बम्पर पुरस्कार पाएका छन्।

भदौ महिनाका ३१ दैनिक विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको विजेता घोषणा कार्यक्रम स्थगित भएपछि विभागले लाजिम्पाटस्थित कार्यालयबाट नतिजा सार्वजनिक गरेको हो।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा कर बिजक लिन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार