सुनको भाउ ३ लाखमुनि झर्‍यो, तोलामा २३ सय घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँमुनि झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बुधबारको तुलनामा सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको हो। बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार