प्रधानमन्त्रीसँग प्रश्नोत्तर र बाढी प्रभावित क्षेत्रमा उच्चस्तरीय संयन्त्र बनाउन माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःनिर्माणका लागि उच्चस्तरीय राजनीतिक तथा संसदीय संयन्त्र गठन गर्न माग गरेको छ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले उक्त विषयमा ध्यानाकर्षण गराएका हुन्।

यसअघि भदौ १० गतेका लागि तय गरिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रश्नोत्तर कोटेकोशी बाढीका कारण प्रभावित भएको थियो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जानुअघि नै प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखसँग आग्रह गरिएको आङदेम्बेले बताए।

उनले बाढीपछिको अवस्थालाई समग्र रूपमा सम्बोधन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय संयन्त्र गठन गर्नुपर्नेमा जोड दिए। विपत्तिका बेला राज्य र सबै राजनीतिक दल एक ठाउँमा रहेको सन्देश दिन आवश्यक रहेको भन्दै उनले उद्धार, राहत र पुनःनिर्माणमा सहजीकरण गर्न यस्तो संयन्त्र आवश्यक रहेको बताए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार