आज चार संसदीय समितिको बैठक बस्दै


काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

बिहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे शिक्षा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ।

बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीसँग छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदनमाथि छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार