विशेष महाधिवेशनले कांग्रेसमा विभाजन बढाउँछ : शशांक कोइराला


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले विशेष महाधिवेशनका नाममा पार्टीको निर्धारित अधिवेशन तथा महाधिवेशन प्रक्रिया रोक्नु वा सर्वोच्च अदालतको निर्णय नपर्खी एकलौटी रूपमा अघि बढ्नु उचित नभएको बताएका छन्।

सोमबार पत्रकार सम्मेलन गर्दै कोइरालाले कांग्रेसभित्रको विवाद संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्ने बताए। उनले पार्टी विभाजनतर्फ जाने कुनै पनि गतिविधिबाट जोगिनुपर्नेमा जोड दिए।

विशेष महाधिवेशन पक्षधरले आफूहरूको आग्रह बेवास्ता गरेको भन्दै उनले त्यसबाट पार्टीको आन्तरिक एकता कमजोर हुने दाबी गरे। पद बाँडफाँडलाई समाधानको आधार बनाउने प्रवृत्तिले कांग्रेसको लोकतान्त्रिक संस्कार र इतिहासलाई कमजोर बनाउने उनको भनाइ थियो।

कोइरालाले विधि र प्रक्रिया मिचेर असोज ३ गतेदेखि सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरे। साथै, वैधानिक नेतृत्वले तय गरेको कार्यतालिकाअनुसार अधिवेशनमा सहभागी भई मङ्सिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन उनले अपिल गरे।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार