काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि हालसम्म ३ हजार १३२ डीएनए नमुना संकलन गरिएको छ।
नेपाल प्रहरीले बेपत्ताका आफन्तबाट १ हजार ८४६ र शवबाट १ हजार २८६ नमुना संकलन गरेको जनाएको छ। बाढीमा अझै ४ हजार ८९ जना बेपत्ता छन् भने १ हजार ३८८ शव फेला परिसकेका छन्।
फेला परेका शवमध्ये १०३ वटा आफन्तलाई बुझाइएको र १ हजार २३० शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया