काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका कदम स्वतन्त्रताविरोधी र प्रतिगामी भएको आरोप लगाएका छन्। उनले यस्ता कदम लामो समय टिक्न नसक्ने दाबी गर्दै स्वतन्त्रताका लागि एमालेको संघर्ष जारी रहने बताएका छन्।
आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापनपत्र बुझ्दै ओलीले स्वतन्त्रताको लडाइँ अझै नसकिएको बताए। उनले राणा र शाही शासनको उदाहरण दिँदै प्रतिगामी र संकीर्णतावादी कदमहरू दीर्घकालीन हुन नसक्ने धारणा राखे।
सम्बन्धित खबर

प्रतिक्रिया