ग्यास सहज आपूर्तिको माग गर्दै काठमाडौंमा प्रदर्शन


काठमाडौं । खाना पकाउने ग्यासको सहज आपूर्ति र महँगी नियन्त्रणको माग गर्दै नेकपा (बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

माइतीघरदेखि बबरमहलसम्म भएको प्रदर्शनमा सहभागीहरूले सरकारले ग्यासको आपूर्ति सहज बनाउन नसकेको आरोप लगाए। उनीहरूले ‘भरी ग्यास दे’, ‘ग्यासको हाहाकार कहाँ छ सरकार?’ र ‘दुई तिहाइको सरकार, जनतालाई ग्यास खोई?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेकपा (बहुमत)का प्रचार–प्रसार प्रमुख गुणराज लुइटेलले ग्यास डिलरहरूले दिउँसो कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको आरोप लगाए। प्रदर्शनकारीहरूले ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्दै बढ्दो महँगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार