भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय क्षेत्रमा मात्रै ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

सबैभन्दा बढी क्षति कृषि विकास बैंकको एक शाखामा ६५ करोड रुपैयाँ भएको छ। यस्तै, सिटिजन बैंकमा १ करोड ५६ लाख, लक्ष्मी सनराइजमा १ करोड १२ लाख, एनआईसी एसियाका तीन शाखामा ८८ लाख र हिमालय तथा माछापुच्छ्रे बैंकमा ७५–७५ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा चार शाखामा ६७ करोड १३ लाख, रसुवाको गोसाइँकुण्डमा ११ शाखामा ४ करोड २३ लाख, कालिकामा २८ लाख र उत्तरगयामा ७५ लाख रुपैयाँको क्षति भएको छ।

यस बाहेक बैंक तथा वित्तीय सेवासँग सम्बन्धित अन्य क्षेत्रमा थप १९ करोड ५९ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार