काठमाडौं । भोटेकोशी हिमबाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा ५२ अर्ब १३ करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित क्षति मूल्यांकन समितिका अनुसार होटल क्षेत्रमा मात्रै १९ अर्ब ५६ करोड रुपैयाँको क्षति पुगेको छ। बाढीबाट २०७ होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन्।
प्रतिवेदनअनुसार रेस्टुरेन्टमा १ अर्ब ३८ करोड, सवारीसाधनमा १ अर्ब ५१ करोड, सम्पदा तथा पर्यटकीय पूर्वाधारमा १ अर्ब १२ करोड र राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँको क्षति भएको छ। विदेशी पर्यटकबाट हुने आयतर्फ १४ अर्ब ६० करोड रुपैयाँ नोक्सानी भएको उल्लेख छ।
समितिले प्रभावित क्षेत्रको पुनरुत्थानका लागि राहत, पुनर्निर्माण र पर्यटन गतिविधि बढाउने योजना आवश्यक रहेको जनाएको छ। पर्यटन क्षेत्रका निजी संघसंस्थाले पनि प्रभावित व्यवसायीको मनोबल बढाउँदै वैकल्पिक पर्यटकीय गन्तव्यको प्रचार र गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया