एमाले कार्यदल बैठक बस्दै, बादलले पेस गर्नेछन् पुनर्लिखित प्रतिवेदन


काठमाडौं । नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदालाई पुनर्लेखनसहित पेस गर्ने भएका छन्।

बादलको पुनर्लिखित प्रतिवेदनमा एक निर्वाचनमा भएको पराजयलाई आधार बनाएर अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवार ठहर गर्दै नेतृत्व परिवर्तनको बहस चलाउनु गलत भएको निष्कर्ष निकालिएको छ। प्रतिवेदनले पोखरेलको प्रारम्भिक मस्यौदामाथि गम्भीर राजनीतिक तथा सैद्धान्तिक प्रश्न उठाउँदै त्यसको उद्देश्य नेतृत्व विस्थापनतर्फ केन्द्रित रहेको दाबी गरेको छ।

प्रतिवेदनमा फागुन २१ गतेको निर्वाचन परिणामलाई भदौ २३ र २४ गतेका हिंसात्मक घटनालगायत असाधारण राजनीतिक परिस्थितिको परिणामका रूपमा व्याख्या गरिएको छ। साथै ओली नेतृत्वको विगतका राजनीतिक उपलब्धिहरू उल्लेख गर्दै तत्काल नेतृत्व परिवर्तन आवश्यक नरहेको तर्क गरिएको छ।

बादलको प्रतिवेदनले ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पुस्तान्तरणको मुद्दालाई समेत अस्वीकार गर्दै एमालेको क्याडरआधारित संगठनात्मक संरचनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार