नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस


काठमाडौं । सुनसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्रीका रूपमा सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई मन्त्री बनाउन सिफारिस गरिएको हो। चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका साह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीमा थिए।

मन्त्रिपरिषद् बैठक जारी रहँदा साह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेको बताइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार