काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोट पुगेका छन्।
देउवासहित नेपाली कांग्रेसका नेताहरूले नुवाकोटको ढुंगे क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणमा नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद र मोहन बस्नेतलगायत सहभागी थिए।
भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न देउवा नेतृत्वको टोली नुवाकोट पुगेको हो।
सम्बन्धित खबर

प्रतिक्रिया