विपक्षी दलहरूको बैठक सिंहदरबारमा


काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा प्रमुख प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ।

बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापना र सर्वदलीय बैठकका निर्णय कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको छ।

बैठकमा कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सांसदहरूको सहभागिता रहेको छ। राप्रपा भने बैठकमा सहभागी भएको छैन।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार