भोटेकोशी बाढीबारे प्रचण्डले बोलाए नेकपा संयोजन समिति बैठक


काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीले गरिरहेको खोजी, उद्धार तथा राहत कार्यको समीक्षा गर्न केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा हालसम्म भएका कामको समीक्षा गर्दै आगामी उद्धार तथा राहतका योजनाबारे छलफल हुनेछ। बैठक केही बेरमा सुरु हुने उनले जानकारी दिए।

पार्टीले बागमती प्रदेशका इन्चार्ज डा. गंगालाल तुलाधरको संयोजकत्वमा केन्द्रीय खोजी, उद्धार तथा राहत टोली गठन गरेको छ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार