काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी–पहिरोबाट भएको क्षति अकल्पनीय रहेको बताउनुभएको छ।
रसुवाको बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा नुवाकोटको त्रिशूली पुग्नुभएका ओलीले असाधारण बाढीका कारण ठूलो जनधनको क्षति भएको बताउनुभयो। उहाँले तत्काल राहत र उद्धारसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुभयो।
ओलीले पीडितको आवास, स्वास्थ्य, शिक्षा र रोजगारीका लागि सरकारले ठोस योजना बनाउनुपर्ने बताउँदै राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो। उहाँले संकटको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
सम्बन्धित खबर

प्रतिक्रिया