प्रभु बैंकद्वारा बाढीपीडितका लागि २ करोड ११ लाख सहयोग


काठमाडौं। प्रभु बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल र डा. अम्बिका शर्मा लामिछानेको उपस्थिति थियो।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार