बाढी प्रभावितको राहतका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग


काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रभु बैंकले २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सरकारमार्फत उक्त सहयोग प्रदान गरेको हो।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट निरन्तर सहयोग जुटिरहेका बेला प्रभु बैंकको यो योगदानले प्रभावित नागरिकको राहत कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार