रसुवा बाढीपीडितका लागि ४० टन राहत सामग्री काठमाडौं आइपुग्यो


काठमाडौं । रसुवा बाढीपीडितका लागि अमेरिकी संस्था सामारिटन्स पर्सले पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

राहत सामग्रीमा २ हजार ६ सय परिवारलाई पुग्ने पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट र सौर्य बत्ती रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा स्थानीय संस्थामार्फत राहत सामग्री वितरण गरिने जनाइएको छ। अमेरिकी दूतावासले नेपालको आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय भइरहेको जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार