ट्रम्पको आरोप: चीनले २२ करोड मतदाता डाटा ह्याक गर्‍यो


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा करिब २२ करोड अमेरिकी मतदाताको डाटा ह्याक गरेको आरोप लगाएका छन्। ह्वाइट हाउसबाट सम्बोधन गर्दै उनले चीनले आफू पुनः निर्वाचित नहोस् भन्ने उद्देश्यले यस्तो गतिविधि गरेको दाबी गरे।

चीनले भने आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै यसलाई आधारहीन र राजनीतिक प्रेरित भएको जनाएको छ। ट्रम्पको दाबीपछि अमेरिकामा निर्वाचन सुरक्षा, विदेशी हस्तक्षेप र गुप्तचर प्रतिवेदनको विश्वसनीयताबारे नयाँ बहस सुरु भएको छ।

२०८३ श्रावण २, शनिबार १४:४१ प्रकाशित
ट्रेन्डिङ समाचार