रातो पासपोर्ट प्रकरण: उच्च अदालतबाट ९ जनाविरुद्धको सजाय सदर
काठमाडौं । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग तथा सरकारी कागजात किर्ते प्रकरणमा तीन पूर्व संविधानसभा सदस्यसहित नौ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले गरेको दोषी ठहर र सजायको फैसला सदर गरेको छ।
उच्च अदालतले पूर्व संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र नारदमुनी रानालाई सरकारी कागजात किर्ते कसुरमा जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिवानाको सजाय कायम राखेको हो। साथै, प्रकरणमा संलग्न डिलबहादुर घर्तीसहित अन्य ६ जनाविरुद्ध एक वर्ष कैद र ५ लाख ५४ हजार रुपैयाँ जरिवानाको फैसला पनि यथावत् राखिएको छ।