काठमाडौं। उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा बुधबार मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षीय मिलन राईको मृत्यु भएको छ। करेन्ट लागेपछि उनी करिब ४ मिटर माथिबाट खसेर गम्भीर घाइते भएका थिए।
रामपुर नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो १२:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।