करोडौं बक्यौता बाँकी उद्योगको सूची सार्वजनिक


काठमाडौं। सरकारले बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको बक्यौता असुली प्रक्रिया कडा बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा, सेवा शुल्क तथा अन्य महशुल नतिर्ने उद्योगलाई सात दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ।

सार्वजनिक सूचनाअनुसार सबैभन्दा बढी बक्यौता गुराँस इन्जिनियर्स प्रालि को ३ करोड ७३ लाख रुपैयाँ रहेको छ। त्यसपछि कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालि को ३ करोड ६९ लाख रुपैयाँ र बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी को २ करोड ५५ लाख रुपैयाँ बक्यौता रहेको छ।

मन्त्रालयले तोकिएको समयभित्र रकम नबुझाए कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने चेतावनी दिएको छ। बक्यौता रकम नउठ्दा औद्योगिक क्षेत्रको पूर्वाधार विकास, मर्मतसम्भार र सेवा प्रवाह प्रभावित भएको मन्त्रालयको भनाइ छ।

२०८३ जेष्ठ २६, मंगलवार २०:२७ प्रकाशित
ट्रेन्डिङ समाचार