काठमाडौँ । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँभन्दा बढी हो। उखु प्रशोधन मात्रा बढेर १ लाख ९१ हजार ३०२ मेट्रिक टन पुगे पनि चिनीको रिकभरी दर ८.८ प्रतिशतबाट ८.३ प्रतिशतमा झर्दा सञ्चालन नाफा मार्जिन १५.३ प्रतिशतबाट ९.३ प्रतिशतमा सीमित भएको छ।
उखुको न्यूनतम समर्थन मूल्य वृद्धि र चिनी आयातमा भन्सार शुल्क कटौतीले कम्पनीको लागत तथा प्रतिस्पर्धात्मक दबाब बढाएको छ। इक्रा नेपालका अनुसार कम्पनीको ऋण सेवा क्षमता कमजोर बनेको छ भने कार्यशील पूँजी आवश्यकता पनि बढ्दो क्रममा छ। सुनसरीस्थित उद्योग सञ्चालन गर्दै आएको कम्पनी गोल्छा समूह र विशाल समूहद्वारा प्रवर्द्धित हो।
२०८३ जेष्ठ २५, सोमबार २२:०३ प्रकाशित

