कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त


काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिले जेठ २५ गते टंकप्रसाद पाण्डेयलाई बैंकको अध्यक्ष पदमा नियुक्त गरेको छ। निजामती सेवामा करिब २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका पाण्डेयले आर्थिक, प्रशासनिक तथा विभिन्न सार्वजनिक निकायहरूमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष पाण्डेयले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल लगायतको उपस्थिति रहेको थियो। पाण्डेयको नियुक्तिले बैंकको संस्थागत सुशासन र रणनीतिक नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

२०८३ जेष्ठ २५, सोमबार १६:५९ प्रकाशित
ट्रेन्डिङ समाचार