ADVERTISEMENT

बीपी राजमार्गमा माइक्रोबस खस्यो, १४ जना घाइते

काठमाडौँ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो।

दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने पाँच जनाको पहिचान खुल्न बाँकी छ। घाइते हुनेमा बालबालिका तथा महिलासमेत रहेका छन्।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार