ADVERTISEMENT

एनएफएल सञ्चालन गर्न राखेपको सैद्धान्तिक सहमति

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको छ। आगामी फागुन १ गतेदेखि सुरु हुने लिगको पहिलो संस्करणमा सात क्लबको सहभागिता निश्चित भइसकेको छ।

एनएफएलले प्रतियोगितामा थप तीन नयाँ क्लब समावेश गर्ने तयारी गरेको छ। यसका लागि विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरबाट क्लब स्थापनाका लागि बोलपत्र आह्वान गरिएको छ।

नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक ३० गतेबाट बढाएर मंसिर ४ गतेसम्म पुर्‍याइएको छ। इच्छुक पक्षले व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ।

लिगमा हाल काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी सहभागी छन्। रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना रहेको छ। तयारीसहित लिग करिब चार महिना सञ्चालन हुनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार