काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
सरकारले १८ कात्तिकमा कार्कीलाई आईजीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
आफूलाई जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी रहेको दाबीसहित कार्कीले २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि ३० कात्तिकमा सुनुवाइका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन । अदालत खुलेपछि सर्वोच्च प्रशासनले बुधबारका लागि पुनः पेसी तोकेको हो ।
कार्कीको रिटमाथि बुधबार एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
सम्बन्धित खबर





प्रतिक्रिया