ADVERTISEMENT

एनपीएलको पहिलो फाइनलिस्ट बन्न लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो फाइनलिस्टको टुंगो आज लाग्दैछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ।

लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी र १० अंक जोड्दै दोस्रो भएको सुदूरपश्चिम दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

लिग चरणको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। तर, यी दुई टोलीबीच भएका चार खेलको समग्र नतिजामा दुवैले समान दुई–दुई जित निकालेका छन्।

आज पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार