ADVERTISEMENT

इरानको धम्की तीव्र, स्ट्रेट अफ हर्मुज बन्द गर्ने चेतावनी

काठमाडौं ।  खाडी क्षेत्रमा तेस्रो अमेरिकी विमानवाहक युद्धपोत पुगेपछि इरानले अमेरिकी सेना र व्यावसायिक पानीजहाजलाई लक्षित गर्दै धम्की तीव्र बनाएको छ। इरानले अमेरिका–समर्थित स्ट्रेट अफ हर्मुजको दक्षिणी मार्ग बन्द रहेको घोषणा गर्दै ढुवानी कम्पनीहरूलाई उक्त मार्ग प्रयोग नगर्न चेतावनी दिएको छ।

यसैबीच, सीएनएनका अनुसार इरानले अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीहरूलाई कथित ‘डर्टी बम’ वा रासायनिक हतियारबाट निशाना बनाउने विकल्पबारे योजना बनाइरहेको अमेरिकी गुप्तचर सूचना सार्वजनिक भएको छ। यद्यपि, उक्त सूचनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

स्ट्रेट अफ हर्मुजमा ट्यांकरमाथि अज्ञात प्रक्षेपास्त्र प्रहार भएपछि आगलागी भएको खबर सार्वजनिक भएको छ। इरानले पछिल्लो २४ घण्टामा चार तेल ट्यांकर बारुदी सुरुङमा ठोक्किएको दाबीसमेत गरेको छ।

अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै लगेको छ भने इरानले अमेरिकी सैन्य अखडा र समुद्री व्यापारलाई लक्षित गर्ने चेतावनी दिएको छ। यसले अमेरिका–इरानबीच नौ महिनादेखि जारी द्वन्द्व पुनः चर्किने र विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने आशंका बढाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार