ADVERTISEMENT

डलरको बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा कायम भएको छ।

युरो एकको बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, पाउन्ड स्ट्रलिङ २०४ रुपैयाँ ७५ पैसा र स्विस फ्र्याङ्क १८५ रुपैयाँ ९६ पैसा तोकिएको छ। त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ३३ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ ९१ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैङ्कले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार