ADVERTISEMENT

२४ घण्टामा १९ विपद्का घटना, १२ जना घाइते


काठमाडौं ।   पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना हुँदा १२ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि सर्पदंश, आगलागी, बाढी, पहिरो र जनावर आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा आगलागी र सर्पदंशका घटना भएका छन् भने ललितपुरमा पहिरो तथा कास्की र रुपन्देहीमा जनावर आक्रमणका घटना भएका छन्। घाइतेहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार विपद्का घटनाबाट करिब २८ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। प्राधिकरणले विपद्का जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन र विपद्का समयमा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार