काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि पदअनुसार शुल्क निर्धारण गरिएको छ।
निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ। उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। त्यस्तै, असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित खबर





प्रतिक्रिया