ADVERTISEMENT

सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । देशमा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि केही स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने जनाइएको छ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा केही स्थानमा मध्यम वर्षा तथा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार