काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई लक्षित गरी कम्पनीको जारी पुँजीको ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न सकिने व्यवस्था गरेको छ।
धितोपत्र दर्ता तथा निष्काशन (आठौँ संशोधन) नियमावली, २०८३ जारी गर्दै सरकारले निश्चित सर्त पूरा गर्ने कम्पनीले जारी पुँजीको १० प्रतिशतभन्दा कम र ८५ प्रतिशतभन्दा बढी नहुने गरी सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको हो।
यस्तो सेयरमा प्रिमियम थप गर्न पाइने छैन। साथै, सेयरको कारोबार गर्दा न्यूनतम १ हजार कित्ताको इकाइ कायम हुने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाले विदेशमा रहेका नेपालीबाट नेपाली पुँजी बजारमा लगानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ। तर, सम्बन्धित कम्पनीले नियमावलीमा तोकिएका सर्त पूरा गरेपछि मात्रै ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न पाउनेछ।
संशोधित नियमावली नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि लागू हुनेछ।





प्रतिक्रिया