ADVERTISEMENT

सर्वोच्चका रिक्त न्यायाधीश पदपूर्तिबारे न्याय परिषद् बैठक बस्दै


काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले आज मंगलबार दिउँसो १ बजे न्याय परिषद्को बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिसलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् । बैठकमा रिक्त पदपूर्तिका लागि सम्भावित उम्मेदवार तथा अन्य न्यायिक विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा बस्ने परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार