वीरगञ्ज । पर्साको वीरगञ्जबाट भन्सार छली भारतबाट ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोबाइलको मूल्य ५ लाख ५२ हजार २ सय १० रुपैयाँ रहेको छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरका कस्मेटिक सामान र स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका मोबाइल, कस्मेटिक सामान र स्याउको कुल मूल्य १० लाख ६ हजार ७ सय ६० रुपैयाँ रहेको छ।
सम्बन्धित खबर





प्रतिक्रिया