काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसहित सरोकारवालासँग छलफल गर्ने भएको छ।
विभागको सभा हलमा बिहान ११ बजे हुने छलफलमा प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिको सहभागिता रहनेछ।
दसैंमा काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भए पनि अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दा यात्रु अन्योलमा छन्। केही यातायात कम्पनीले भने अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका छन्।
हरेक वर्ष दसैंमा टिकट नपाउने, बसपार्कमा लामो लाइन लाग्नुपर्ने र यात्रुले सास्ती खेप्नुपर्ने समस्या दोहोरिँदै आएको छ। यस वर्ष दसैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ।
सम्बन्धित खबर





प्रतिक्रिया