ADVERTISEMENT

मनकामना हार्डवेयरको व्यापार ८६ प्रतिशतले बढ्यो


काठमाडौं । मनकामना हार्डवेयर एन्ड सप्लायर्सको व्यापार सन् २०२६ मा ८६ प्रतिशतले बढेर ४ अर्ब ९६ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार बनेपा र सतुंगलमा वितरण शाखा विस्तार गरेपछि व्यापार बढेको हो । कम्पनीले सिमेन्ट, डण्डी, जस्ता, पाइपलगायत निर्माण तथा हार्डवेयर सामग्री बिक्री गर्दै आएको छ ।

यद्यपि, व्यापार बढे पनि कम्पनीको नाफा मार्जिन न्यून छ । गत आवमा सञ्चालन नाफा २ प्रतिशत र खुद नाफा ०.२५ प्रतिशत रहेको छ । सन् २०२५ मा खुद नाफा मार्जिन ०.४३ प्रतिशत थियो ।

कम्पनीको ऋणमा निर्भरता पनि बढेको छ । सन् २०२५ मा २.४४ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा बढेर २.८६ गुणा पुगेको छ । कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात पनि ४.०७ गुणाबाट बढेर ६.५३ गुणा पुगेको छ ।

रामप्रसाद झाङको ३७.५० प्रतिशत स्वामित्व रहेको कम्पनीले ५७ करोड ८६ लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जातर्फ ११ करोड ३६ लाख रुपैयाँका लागि डबल बी र अल्पकालीन कर्जातर्फ ४६ करोड ५० लाख रुपैयाँका लागि ए फोर रेटिङ प्राप्त गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार