ADVERTISEMENT

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR र ICD-11 लागू गरिने


काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बोर्डको दोस्रो बैठकले २०८३ पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।

त्यस्तै, सबै बीमित परिवारलाई HIB e-Portal मार्फत आफ्नो विवरण अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ। यसबाट बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण र दाबी व्यवस्थापन प्रभावकारी हुने बोर्डको अपेक्षा छ।

बोर्डले स्वास्थ्य सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ। कार्यदलले सेवा प्रदायक छनोट, सेवा वर्गीकरण, खरिद तथा भुक्तानी विधि र कार्यान्वयन योजनासहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नुपर्नेछ।

यसैगरी, सेवा प्रदायकबाट EMR प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार दाबी मान्यता दिने निर्णय गरिएको छ। डिजिटल तथ्यांकलाई आगामी दिनमा AI/ML आधारित दाबी समीक्षा प्रणालीमा प्रयोग गर्ने तयारीसमेत गरिएको छ।

स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन पहिलो चरणमा २ हजार १५८ वटा Customized ICD-11 Code HMIS मा प्रयोग गरिने बोर्डले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार