काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने तयारी छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। उनको सट्टा महासचिव शंकर पोखरेल सहभागी हुनेछन्। यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी नहुने र सहअध्यक्ष शरतसिंह भण्डारीले प्रतिनिधित्व गर्ने बताइएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया