ADVERTISEMENT

गलकोटमा बाढी–पहिरो र हुरीले ६३ घरमा क्षति


बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हुरीका कारण ६३ घरमा क्षति पुगेको छ।

गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको हो भने थप १३३ घरमा आंशिक क्षति पुगेको छ। हुरीका कारण ३९ घर पूर्ण र ५२ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ।

त्यस्तै, पक्की सिँचाइका २१ संरचनामा ठूलो र २४ वटामा सामान्य क्षति पुगेको छ। कच्ची सिँचाइतर्फ २०३ संरचनामा समेत क्षति पुगेको नगरपालिकाको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार