ADVERTISEMENT

कांग्रेसको १५औँ महाधिवेशन सुरु, आज उद्घाटन सत्र


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन सत्र सुरु हुने तयारी गरिएको छ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन आयोजना गरिएको हो।

महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा हुने जनाइएको छ। निर्वाचन कार्यक्रम भने २१ र २२ असोजका लागि तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार गरिएको थियो। प्रतिनिधि दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

दर्ता भएका प्रतिनिधिहरूलाई कांग्रेसले झोला उपलब्ध गराएको छ। झोलामा पार्टी विधान, डायरी, डटपेन, खाना तथा खाजा–नास्ताका कुपन र प्रतिनिधि कार्ड राखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार