ADVERTISEMENT

१० वर्षीया बालिका अपहरण गर्ने युवक प्रहरीको गोली लागेर पक्राउ


बुटवल । रुपन्देहीको तिलोत्तमामा १० वर्षीया बालिकालाई अपहरण गरी फरार रहेका २७ वर्षीय युवराज थारु प्रहरीको गोली लागेर पक्राउ परेका छन्।

तिलोत्तमा नगरपालिका–१७, दरखसवाका थारुलाई शनिबार राति कान्छी बजारस्थित जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले एक राउन्ड गोली चलाएको जनाएको छ। गोली लागेर खुट्टामा चोट लागेका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार थारुले बुधबार राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरेका थिए। करिब ३८ घण्टापछि शुक्रबार साँझ कान्छी बजारस्थित जंगलबाट बालिकालाई सकुशल उद्धार गरिएको थियो।

उद्धारस्थलमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको थियो। त्यसपछि खोजी गर्ने क्रममा शनिबार राति करिब १ बजे थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बालिका हाल प्रहरीको सुरक्षामा रहेकी छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार