काठमाडौं । प्रख्यात अटोमोबाइल कम्पनी होन्डाले नेपालका बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी लिमिटेड, थाइल्याण्डले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो।
गत भदौ १० गते विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको होन्डाले जनाएको छ।
होन्डाले बाढीमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित क्षेत्र र नागरिकको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित खबर





प्रतिक्रिया