ADVERTISEMENT

सिद्धार्थ बैंकको सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल, ३.२३% हिस्सा


काठमाडौं । सिद्धार्थ बैंकको सबैभन्दा ठूलो सेयरधनीका रूपमा प्रुडेन्सियल इन्भेस्टमेन्ट कम्पनी कायम रहेको छ। बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार प्रुडेन्सियलको बैंकमा ३.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ।

व्यक्तिगत लगानीकर्तातर्फ नरेन्द्र कुमार अग्रवाल सबैभन्दा ठूलो सेयरधनी हुन्। उनको बैंकमा २.९५ प्रतिशत हिस्सा रहेको छ। त्यसपछि रतनलाल केडियाको २.४८ प्रतिशत, सविता केडियाको २.०९ प्रतिशत, पवन कुमार अग्रवालको १.७६ प्रतिशत र चिरञ्जीलाल अग्रवालको १.६४ प्रतिशत सेयर स्वामित्व रहेको छ।

त्यस्तै, वीरेन्द्र कुमार शाह र सुवोध तोदीको समान १.५३ प्रतिशत, नरपत सिंह जैनको १.४५ प्रतिशत तथा आदित्य केडियाको १.३९ प्रतिशत हिस्सा रहेको छ।

गत वर्षको तुलनामा केही सेयरधनीको स्वामित्व बढेको छ भने केहीको घटेको छ। सविता केडियाको हिस्सा १.९२ प्रतिशतबाट बढेर २.०९ प्रतिशत पुगेको छ। यसैगरी मनोज कुमार अग्रवालको स्वामित्व ०.५३ प्रतिशतबाट ०.५५ प्रतिशत पुगेको छ।

अर्कोतर्फ चिरञ्जीलाल अग्रवाल, केशरी चन्द कुचेरिया, सुरेश कुमार केडिया, दिनानाथ केडिया, राजेन्द्र कुमार अग्रवाल र राज कुमार टिवरेवालाको सेयर स्वामित्वमा सामान्य कमी आएको छ।

यस वर्ष ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने सूचीमा रोहित अग्रवाल र एनएमबि सरल बचत फण्ड ‘ई’ नयाँ लगानीकर्ताका रूपमा प्रवेश गरेका छन्। रोहित अग्रवालको ०.७१ प्रतिशत र फण्डको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ। गत वर्ष ०.६१ प्रतिशत हिस्सा रहेका जगदीश कुमार अग्रवाल भने यस वर्ष ०.५ प्रतिशतभन्दा तल झरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार