ADVERTISEMENT

कांग्रेस महाधिवेशन : आज बन्द सत्र र निर्वाचन प्रक्रिया सुरु


काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सञ्चालन हुँदैछ। आइतबार काठमाडौंमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया पनि सुरु हुने जनाइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार