ADVERTISEMENT

दसैँपछि नौ देशमा राजदूत नियुक्त गरिँदै


काठमाडौं । सरकारले दसैँपछि थप नौ देशका लागि राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। रसिया, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टका नेपाली दूतावासमा राजदूत नियुक्त गर्न लागिएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर क्षेत्रीका अनुसार राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेको छ र दसैँपछि नियुक्ति हुन सक्नेछ।

सरकारले यसअघि विज्ञतर्फबाट विभिन्न १३ देशका लागि राजदूतको नाम सिफारिस गरिसकेको छ। ती नामहरू संसदीय समितिमा पुगेका छन्। नयाँ राजदूत नियुक्त भएपछि हाल म्याद थप गरेर जिम्मेवारीमा रहेका बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टका राजदूतलाई फिर्ता बोलाइनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार