काठमाडौं । जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै नयाँ सञ्चालक समिति गठन गरेको छ।
साधारणसभाबाट रामु सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो। उपाध्यक्षमा पूर्ण जिसी, सचिवमा होमनाथ आचार्य र कोषाध्यक्षमा यामबहादुर सुर्खाली चयन भएका छन्। सञ्चालक सदस्यमा कृष्ण मुरारी सापकोटा र राजेन्द्र आचार्य तथा महिला सदस्यमा कविता काफ्ले निर्वाचित भएका छन्।
त्यस्तै, लेखा समितिको संयोजकमा कृष्णप्रसाद शर्मा तथा सदस्यमा दुर्गालाल शर्मा चापागाईं र भुवनेश्वर भट्टराई चयन भएका छन्।
साधारणसभामा निवर्तमान अध्यक्ष हेमराज आचार्यले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूको आर्थिक हित र समृद्धिका लागि सहकारीले सञ्चालन गरेका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए। निवर्तमान कोषाध्यक्ष पूर्ण जिसीले आर्थिक वर्ष २०८२/८३ को वित्तीय अवस्थाबारे जानकारी गराएका थिए।
सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै सदस्यहरूको आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया