भोटेकोशी बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग


काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले विपद् सुरु भएदेखि नै आफ्ना सदस्य कम्पनीमार्फत आर्थिक सहयोग, यातायात तथा लजिस्टिक व्यवस्थापनमा सहयोग गर्दै आएको जनाएको छ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य आवश्यक रहेको बताइन्। उनले राहत तथा पुनःस्थापनाका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

नाइमाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार